Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नापी कार्यालय कपिलवस्तुका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

३५ हजार रुपैयाँ घुस लिएको आरोपमा तेलीमाथि बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

जग्गा कित्ताकाट गरी बिक्री तथा अंशबण्डा गर्ने प्रयोजनार्थ तेलीले एक सेवाग्राहीबाट ३५ हजार घुस लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077