Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : इंग्ल्यान्ड र भारतबीचको सेमिफाइनल खेल वर्षाले प्रभावित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत इंग्ल्यान्ड र भारतबिचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ ।

बिहीबार गुयनामा खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहेको थियो । तर वर्षाका कारण मैदान ओसिलो रहँदा टससमेत हुन नसकेको हो ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ । यदि वर्षाका कारण दोस्रो सेमिफाइनल रद्द भए भारत फाइनलमा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077