Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

इंग्ल्याण्डलाई पराजित गर्दै भारत विश्वकपको फाइनलमा

काठमाडौं । भारत आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश पुगेको छ ।

गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो ।

भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर चार बलमा एक सय ३ रनमा समेटियो । इङ्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । उसका ओपनर तथा कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । भारतले फाइनलमा दक्षिण अफ्रिकासँग आइतवार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077