Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बूढीगण्डकीको काम अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापन पत्र बुझाएका छन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा अध्यक्ष भट्टराईले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरेका छन्।

सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा भट्टराईले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन अध्यक्ष भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077