Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक पक्राउ

काठमाडौं । प्रहरीले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ गरेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बौद्धबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी राजनीतिक शक्तिको आडमा फरार हुँदै आएका थिए । तर गृह सचिव र प्रहरी महानिरीक्षक अमेरिकामा रहेका बेला प्रतीक पक्राउ परेका हुन् । उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र प्रतीकको सेटिङमा अमेरिकामा शरणार्थी भएर जान चाहनेहरूसँग लाखौं रुपैयाँ असुली भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077