Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक काठमाडौं प्रहरीको हिरासतमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका पक्राउ परेका प्रतीक थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बौद्धबाट पक्राउ गरी हिरासतमा राखेको हो ।

उनी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा हुन् । उनी राजनीतिक शक्तिको आडमा फरार हुँदै आएका थिए । तर गृह सचिव र प्रहरी महानिरीक्षक अमेरिकामा रहेका बेला प्रतीक पक्राउ परेका हुन् ।

बाबु रामबहादुर गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो ।

ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो । त्यसमध्ये १८ जनामात्रै पक्राउ परेकामा बाँकी फरार थिए ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे (हाल निलम्बित), विचौलिया केशव दुलाल, सानु भण्डारी हाल केन्द्रीय कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077