Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

महासचिव भूसालले भने - नयाँ वाम विकल्प दिनेगरी एकीकृत समाजवादीको नेतृत्व चयन हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्।

पार्टीको महाधिवेशनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भूसालले यस्तो बताएका हुन् ।

उनले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिवद्धता जनाए।

महासचिव भूसालले भने,‘आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो । इतिहासको दायित्वलाई पनि पूरा गर्नसक्ने गरी हाम्रो नेतृत्व एकतावद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौं।’

महासचिव भूसालले विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत् जोड्ने गरी नेतृत्व चयन हुने बताए। उनले समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077