Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अछामका डीएसपी पाठकको सरुवा, भण्डारी आउने

अछाम । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले उनको हेडक्वाटरमा काज सरुवा गरेको हो । उनी गत वर्षको असार १० गते यहाँ हाजिर भएका थिए । उनी अछाममा एक वर्ष बसेर हेडक्वाटरमा सरुवा भएका हुन् ।

अब उनको स्थानमा प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी भण्डारी आउने भएका छन् । यस्तै आइतबार जिल्ला प्रहरी कार्यालय अछामबाट डीएसपी पाठकलाई मायाको चिनो प्रदान गरी बिदाइ गरिएको छ ।

साथै उनको नयाँ कार्यक्षेत्रमा कार्यकाल, व्यक्तिगत र व्यवसायी जीवन सफल, समृद्धिको लागि कामना पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077