Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस नेता निधिले भने - बहुमत नभएपछि गठबन्धन र सरकार फेरिनु सामान्य हो

सुनसरी । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गठबन्धन र सरकार फेरबदल हुनु सामान्य प्रक्रिया भएको बताएका छन् ।

आइतबार सुनसरीको इनरुवामा नेता गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्म जयन्तीको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

उनले कसैको पनि बहुमत नभएपछि नयाँ-नयाँ गठबन्धन भएर सरकार फेरिने प्रक्रिया भइरहने बताए ।

‘अहिलेको अवस्थामा त बहुमत कसैको पनि नभएकाले गर्दा सरकार फेरिने भइहाल्छ,’ नेता निधिले भने ।

उनले अब २०८४ मा बलियो भएर बहुमत ल्याएर स्थिर सरकार बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077