Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ - हाम्रो सम्बन्ध सुमधुर छ, अहिले टिप्पणी नगरौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेट सकारात्मक रहेको बताएका छन् ।

पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका हुन् ।

सभापति देउवाले पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको बताए । सभापति देउवाले भने, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’

शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म ओली निवासमा सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए।

उक्त भेटवार्तामा के कुरा भयो भन्ने अहिलेसम्म विस्तृतमा सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077