Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरा महानगरपालिकामा अख्तियारको टोलीले हान्यो छापा

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा महानगरपालिकामा छापा हानेको छ।

मणिपाल शिक्षण अस्पताललाई २० करोड राजश्व छुट दिएपछि अख्तियारको टोलीले आज महानगर कार्यालयमा छापा हानेको हो।

मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उक्त उजुरीमाथि छानबिन गर्न महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिईएको अख्तियार स्रोतले बतायो ।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सा पासलगायतका कागजात नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077