Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - प्रचण्डको चरित्रकै कारण अहिलेको परिस्थिति बन्यो

विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'कै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । एमालेसँगको गठबन्धनपछि पनि प्रचण्डले दायाँबायाँ गरिरहेको उनले बताए ।

महामन्त्री थापाले भने,‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारणले हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि कांग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो। तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै गठबन्धन बन्थ्यो ? बन्दैनथ्यो प्रचण्डको यतिधेरै अस्थिर चरित्र व्यवहार नभएको भए ।’

एमालेसँगको सरकारमा बसिसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसके पछाडि अहिलेको दुर्घटना निम्त्याएको महामन्त्री थापाले बताए ।

अहिलेको सरकार ढाल्न प्रधानमन्त्री प्रचण्ड बाहेक कसैको भूमिका नरहेको उनको संविधान पुनरावलोकनका लागि दुई दल एक ठाउँमा उभिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077