Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओलीको सुरक्षामा खटिएका इन्सपेक्टरको रहस्यमय मृत्यु

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिदै आएका सशस्त्र प्रहरी इन्सपेक्टर उमेश थापाको रहस्यमय मृत्यु भएको छ ।

भक्तपुरको गुन्डुस्थित घरमा सुतिरेहका बेला उनी अचेत भेटिएका थिए ।

भक्तपुर अस्पतालमा लगिएकोमा उनको शनिबार बिहान मृत्यु भएको हो ।

इन्सपेक्टर थापाको नेतृत्वमा सशस्त्र प्रहरीको टोली ओलीको सुरक्षामा खटिदै आएको छ ।

४२ वर्षिया थापाको शव पोष्टमार्टम गरेमा मृत्युको कारण खुल्नेछन् ।

कतिपयले हृदयघात भएको अनुमान गरेपनि आफन्तले विस्तृत अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077