Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चार संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे बस्नेछ। बैठकमा अंगदान र प्रत्यारोपणसम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे छलफल हुनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राज्यको मूल प्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र राष्ट्रिय दलित आयोगले खेल्दै आएको भूमिकाका बारेमा छलफल हुने जनाइएको छ।

यसैगरी, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बिहान ११ बजे बस्ने विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन, वितरण एवं एवं सहज आपूर्तिको लागि देखिएका समस्या र चुनौतीबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077