Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहकारी पीडितहरूसँग छलफल गर्दै संसदीय विशेष छानबिन समिति

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारी पीडितहरूसँग छलफल गरेको छ ।

संसद् सचिवालय सिंहदरबारमा बुधवार बसेको बैठकमा सहकारी पीडितहरूलाई आमन्त्रण गरिएको हो ।

समितिमा पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल भइरहेको छ। २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरुलाई छलफलमा बोलाइएको छ।

विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने खोजिएको समितिले जनाएको छ।

सहकारी विभागका पूर्वरजिष्ट्रार, सहकारी विज्ञ, गृहसचिव र प्रहरी महानिरीक्षक लगायतसँग समितिले छलफल गरिसकेको छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको गोरखा मिडियामा विभिन्न सहकारीबाट गएको रकमबारे समेत छानबिन गर्ने जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077