Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बस्दै नबसी राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । बिहीबार बोलाइएको राष्ट्रियसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बैठक नै स्थगित गरेका हुन् ।

अर्को बैठक ३० गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको छ ।

बैठकमा बजेट आश्रित विधेयकहरू पारित गर्ने कार्यसूची थियो ।

तर बजेट आश्रित विधेयकमा एमालेले राखेको संशोधन प्रस्ताव कांग्रेस र एमालेले मिलेर पास गर्न खोजेपछि बैठक सुरु नै हुन सकेन ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषयमा कुरा मिलेन ।

असार १६ गते प्रतिनिधि सभाबाट बजेट आश्रित विधेयकहरू आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित भएको थियो ।

प्रतिनिधि सभाबाट पारित भएका यी तीन वटा विधेयकमध्ये आर्थिक विधेयकको एउटा दफामा एमालेले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077