Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृहमन्त्री लामिछानेको नाम लिएर भिजिट भिसामा सेटिङ मिलाउने गृहकै कर्मचारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले गृहमन्त्रीको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

ब्यूरोले गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्याललको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउने गृह मन्त्रालयका कम्प्युटर अपरेटर निर्मल विष्टलाई पक्राउ गरेको हो ।

विष्टले गृहमन्त्री लामिछाने र गृह सचिव अर्याललगायतसँग कुरा भइसकेको भन्दै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा फोन गरेर दबाब दिने गरेका थिए ।

उनले गत शुक्रबार थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएको ब्यूरोले जनाएको छ ।

गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएका थिए।

विष्टलाई ब्यूरोको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख ओम रानाले बताए ।

भिजिट भिसामा गैरकानूनीरुपमा पठाउनलाई मन्त्री र सचिवको समेत नाम जोडेर रकम असुलेको भन्दै उजुरी परेको थियो ।

त्यही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ । उनी २०७५ सालदेखि कम्प्युटर अपरेटरका रूपमा मन्त्रालयमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077