Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्री लामिछाने जोडिएका सहकारीबाट गोरखा मिडियामा दिइएको ऋणको विवरण माग

काठमाडौं । सहकारीको रकम अपचलनको छानबिन गर्न बनेको संसदीय समितिले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा विभिन्न सहकारीबाट आएको ऋणको विवरण माग गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले गृहमन्त्री लामिछाने जोडिएका सहकारी र गोरखा मिडियालगायतका कम्पनीमा प्रवाह भएको रकम सम्बन्धमा कारोबारको तथ्य विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

समितिले विभिन्न सहकारी संस्थाहरू शिवशिखर, हाम्रो कृषि अभियान, तुलसी, सुमेरू, सूर्य दर्शन, सुप्रिम, सहारा, सानो पाइला, स्वर्णलक्ष्मी लगायतबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायतका कम्पनीमा प्रवाह भएको रकम सम्बन्धमा कारोबारको तथ्य विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

यसअघि रवि गोर्खा मिडियामा संलग्न हुँदा सुप्रिम, स्वर्ण लक्ष्मीसहितका सहकारीबाट करोडौं रुपैयाँ गैरकानूनीमा रूपमा आएको विवरण सार्वजनिक भएका थिए ।

यस्तै विवरण आएपछि नेपाली कांग्रेसले लामिछाने केन्द्रित संसदीय छानबिन समिति गठनको माग गरेको थियो ।

बैठकमा छलफलका क्रममा सहकारीमा भएका कानूनी सुधार र संस्थागत परिचालन र संस्था सञ्चालनका विषयमा अनुसन्धान गर्न सुझाव आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077