Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बर्खाका बेला रात्रि बस सञ्चालनमा रोक लगाउनुपर्छ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले रात्रि बस सञ्चालनमा रोक लगाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले जोखिम भएका सडकमा बर्खाका बेला रात्रि बस सञ्चालनमा रोक लगाउनुपर्ने बताएका हुन् ।

सांसद सिंहले भने,‘जोखिम भएका सडकमा रात्रि बस चलाउन नपाउने सरकारले निर्देशन जारी गर्नुपर्छ । त्यस्तो भए क्षति हुने थिएन। किनभने पहिरो गएको दिउँसो थाहा पाइने भए पनि अँध्यारोमा थाहा हुँदैन।’

सांसद सिंहले जोखिम भएका सडकमा कम्तिमा बर्खाका बेला राति बस चलाउन दिन नहुने बताए।

बर्खाका दुई, तीन महिना जोखिम भएका सडकमा रात्रि बस सञ्चालन गर्न दिन नहुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077