Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैवाहिक बन्धनमा गाँसिए सागर लम्साल ‘बले’

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् ।

बलेले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् । स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ ।

आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो ।

बले हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए भने उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077