Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

छैन पहिरो रोक्ने दीर्घकालीन योजना

नारायणगढ । नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।

भूगर्भविद डा. रञ्जनकुमार दाहालले नारायणगढ–मुग्लिङ सडकमाथिका पूरै पहाडको पहिरोको अवस्थाबारे अध्ययन नै नभएको बताए ।

“अब झारा टार्ने पाराले हैन । एक एक पहाडको पहिरोको जोखिम अध्ययन गरी नियन्त्रणको कार्य तत्काल सुरु गरिनु पर्छ,” उनले भने, “यसअघि सानातिना र एक दुई वटा पहिरो विशेषमा अध्ययन भयो होला तर त्यतिले नपुगेको हरेक वर्षको पहिरो र जनधनको क्षतिले पनि पुष्टि गरेको छ ।” गोरखापत्र दैनिकबनट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077