Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सिमलताल दुर्घटना : थप दुई शवको सनाखत, चारको पहिचान हुन बाँकी

काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा आइतबार भेटिएका दुईवटा शवको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालकाअनुसार एउटा शव भरतपुर–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विकको हो । उनी एन्जल्स डिलक्स चढेर वीरगञ्जबाट काठमाडौं जाँदै थिए ।

सोही ठाउँमा भेटिएको अर्को शव रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय रहुपा मियाको रहेको पुष्टि भएको छ । मिया गणपति डिलक्स चढेर काठमाडौंबाट गौर जाँदै थिए।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार विभिन्न ठाउँमा भेटिएका अन्य चारवटा शवको सनाखत हुन बाँकी छ।

आइतबारसम्ममा गणपति डिलक्समा चढेका ३ र एन्जल्स डिलक्समा चढेका २ जनाको पहिचान भएको थियो। शुक्रबार बिहान साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी दुईवटा बस त्रिशूली नदीमा हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077