Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

गण्डक ब्यारेजबाट एक महिलाको शव निकालियो, अर्को निकाल्ने प्रयास जारी

काठमाडौं । पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको १ नम्बर ढोकाबाट एक महिलाको शव निकालिएको छ भने ६ नम्बर ढोकामा अड्किएको शव निकाल्ने प्रयास जारी रहेको छ ।

आइतबार राति नै ती शव देखिए पनि सोमबार बिहान निकालिएको हो । प्रहरी चौकी त्रिवेणीका अनुसार आइतवार राति सवा ८ बजे गण्डक ब्यारेजको १ र ६ नम्बर ढोकामा ती शव अडकिएको अवस्थामा फेला परेका थिए ।

शव नबगोस् भनेर रातिबाटै ब्यारेजका ढोका बन्द गरेर राखिएको थियो । ती शव सिमलताल दुर्घटनामा परेका बसका यात्रुको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

शुक्रबार बिहान साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी दुईवटा बस त्रिशूली नदीमा हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077