Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपा सांसदको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोबिता गौतमले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताएकी छन्।

प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेकी सांसद गौतमले यस्तो बताएकी हुन् । सांसद गौतमले मन्त्रीहरूले नियमअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताइन्।

सांसद गौतमले भने,‘सुशासनका मुद्दामा हामी सरकारलाई सहयोग गर्न चाहन्छौं। प्रारम्भमै सरकारबाट हामी के अपेक्षा गर्छौं भने, मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनुस्। यो नियमअनुरूप नै हामीले गर्नुपर्ने हुन्छ, त्यसकारण मन्त्रीहरूबाट अपेक्षा गर्छु।’

शुक्रबार २१ जना मन्त्रीहरूले शपथ लिएर पदभार ग्रहण गरेका छन्।

उनले प्रधानमन्त्रीको सफलता भनेको देशको सफलता हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल सफलताको शुभकामनासमेत दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077