Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित १० प्रहरीको विशेष बढुवा

काठमाडौं । सर्वोत्कृष्ट काम गरेबापत आर्थिक वर्ष २०८०–८१ वर्ष नेपाल प्रहरीका १० प्रहरीको विशेष बढुवा भएको छ ।

क्रिकेटर दीपेन्द्र सिंह ऐरी खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत तथा अन्य नौ जना शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेबापत एक तह विशेष बढुवा भएका हुन् ।

ऐरीको गत वर्ष असोजमा निर्णय भएकोमा अन्य नौ जनाको मंगलबार विशेष बढुवा भएको छ । जसमा प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल र ईश्वर कुमार खत्री, असई गोकुल खत्री, वरिष्ठ हवल्दार दीपेन्द्रबहादुर चन्द छन् ।

त्यस्तै, हवल्दारहरु अमरराज मिश्र, प्रभातकिरण श्रेष्ठ, रविना राई तथा प्रहरी जवानहरू हिमाल शाही र सूर्य कुँवरको पनि उत्कृष्ट काम गरेको आधारमा पुरस्कृत भएका छन् ।

असार महिनाभित्रै विशेष बढुवा गर्ने चलन भए पनि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नयाँ गृहमन्त्रीलाई कुरेर बढुवाको निर्णय गरेका हुन् ।

प्रहरी नियमावलीअनुसार एक आर्थिक वर्षमा बढीमा १० जना प्रहरीको विशेष बढुवा गर्न सकिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077