Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तीनवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत बुधबार तीन समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा राज्यको मूलप्रवाहमा मधेशी समुदायको समावेशिताको अवस्था र मधेशी आयोगले खेलेको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ।

त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ। बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनको विषयमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077