Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इन्स्पेक्टर श्रेष्ठलाई सेवाबाटै हटाउने गृहको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई ७ दिने सूचना प्रकाशित गरेको छ ।

मन्त्रालयले प्राविधिक इन्स्पेक्टर डा. पवन श्रेष्ठलाई स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित नभए जागिरबाट हटाउने तयारी गरेको हो ।

मन्त्रालयका अनुसार खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० स्थायी घर भएका डा। श्रेष्ठले वैशाख २३ गतेदेखि कार्यालयमा बिना जानकारी अनुपस्थित रहेकोले प्रहरी नियमावलीअनुसार खोज तलास गर्दा पनि सम्पर्कमा नआएकोले यो सूचना प्रकाशित गरिएको हो ।

बाटोको म्यादबाहेक सूचना प्रकाशित भएको ७ दिनभित्र कार्यालयमा सम्पर्कमा नआएमा सेवाबाट बर्खास्त गर्ने पनि मन्त्रालयको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077