Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्रका तीन असई सईमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका तीनजना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) लाई सशस्त्र प्रहरी नायब निरीक्षक (सई) मा बढुवा लागि सिफारिस गरिएको छ ।

बढुवा समितिको बिहीबारको निर्णयानुसार तीनजना सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई नायब निरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुनेमा वल बहादुर कार्की, नन्द लाल पाण्डे र रेशमबहादुर कुमाल रहेका छन् । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (घ) बमोजिम बढुवा समितिले उनीहरुलाई सईमा बढुवा सिफारिस गरेको हो ।

उक्त बढुवा सिफारिस सशस्त्र प्रहरी नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

यदि बढुवा सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी सहायक निरीक्षकहरु छन् भने, सशस्त्र प्रहरी नियमावलीको नियम ५५ मा व्यवस्था भए अनुसार ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077