Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सहरी विकासमन्त्री सिंहसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई छलफलका लागि बोलाएका छन्।

सभामुख घिमिरेले आफ्नो कार्यकक्षमा मन्त्रीसहित मन्त्रालयका सचिव, भवनका महानिर्देशक, संसद् भवन निर्माण आयोजनाका पदाधिकारीलाई छलफलका लागि बोलाएका हुन्।

निर्माणाधिन संसद भवनको ढिलाइबारे बुझ्न सभामुख घिमिरेले उनीहरुलाइै बोलाइएको बताईएको छ ।

बुधबार पूर्वजानकारीबिना सभामुख घिमिरेले निर्माणाधिन संसद भवन पुगेका थिए। संसद भवन पुग्दा त्यहाँ कामदारको संख्या न्यून थियो।

तीन सिफ्टमा काम गर्ने भनिए पनि डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको थियो।

८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077