Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा प्रदेशसभाको विशेष बैठक आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभाको विशेष बैठक आह्वान गरेका छन् ।

बजेट अधिवेशन अन्त्य गरेकै दोस्रो दिन प्रदेश प्रमुख मियाँले विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख मियाँद्वारा साउन ८ गते बैठक बस्ने गरी शुक्रबार प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाइकोछ ।

सरकार र सरकारबाहिर रहेका दलहरुबीचको माथापच्छीका कारण प्रदेश सभाको अधिवेशन अघिल्लो दिन बन्द हुने र पछिल्लो दिन विशेष अधिवेशन आह्वान हुने अवस्था आएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार ३० गते नियमित अधिवेशन अन्त्यका लागि गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले बिहीबार रातिदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077