Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीतापाइलामा खुल्यो सेनाको पेट्रोल पम्प

काठमाडौं। काठमाडौंको सीतापाइलामा नेपाली सेनाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ।

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा रिपुमर्दिनी पेट्रोल स्टेसन सञ्चालनमा ल्याइएको हो ।

शुक्रबार उक्त पेट्रोल पम्पको प्रधान सेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए।

५० हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त पेट्रोल पम्प सर्वसाधारणले समेत उपभोग गर्न पाउने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको यसअघि नै काठमाडौंको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077