Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - एमालेसँग मिल्नुको औचित्य कांग्रेसले पुष्टि गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग मिल्नुको औचित्य कांग्रेसले पुष्टि गर्न सक्नुपर्ने बताएका छन्।

४२ औं विपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले एमालेसँगको गरेको सहकार्यको औचित्य कामबाट पुष्टि गर्नुपर्ने बताए।

महामन्त्री थापाले भने, ‘म सबैलाई सधैंभरी झुक्याउन सक्छु भन्ने भ्रम प्रचण्डले नपालेको भए अहिलेको यो सरकार बन्दैनथ्यो। उहाँको चकचककै कारणले यो परिस्थिती निर्माण भएको हो। त्यसैले एमालेसँग साझेदारीको परिस्थिती निर्माण भयो।’

महामन्त्री थापाले भोलि प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिनुअघि भएको भनिएको सात बुँदे सहमति पढेर सुनाउनुपर्ने बताए।

आफुहरुले पढेकै आधारमा पार्टीभित्र निर्णय गरेका भन्दै उनले त्यसको मर्यादा राखेर प्रधानमन्त्रीले भोलि सदनमा पढेर सुनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077