Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाजवादीका अध्यक्ष भट्टराईले भने - नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति भन्न मिल्दैन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना विचारलाई सम्मान गर्दै नयाँ विचारका आधारमा अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमका बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

उनले मुलुकको परिवर्तनमा पुराना विचारको योगदान रहेकाले त्यसलाई सम्मान गर्दै नयाँ विचारका आधारमा अघि बढ्नुपर्ने बताए।

उनले दुई चार जना मिलेर नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति नहुने भन्दै नयाँ र सहि विचार आधारमा वैकल्पिक शक्तिलाई परिभाषित गर्नुपर्ने जिकिर गरे।

सही विचार र नीति लिन नसके नयाँ भनिएका शक्तिहरू विस्तारै हराउँदै जाने उनको भनाइ छ।

अध्यक्ष भट्टराईले सुगौली सन्धीदेखि खुला सीमानामा कारण अर्थतन्त्रमा भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने र असमान सन्धीलाई नसच्याएसम्म पनि नेपालको विकास नहुने पनि बताए।

भट्टराईले स्वतन्त्रता, समानता र भ्रातृत्वलाई आधुनिक दर्शनको रूपमा व्याख्या गरिएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077