Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा भन्छन् - प्रचण्डको अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण भएको बताएका छन् ।

४२ औं बीपी स्मृति दिवसका सन्दर्भमा शनिबार आयोजित ‘वीपी कोइराला र वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले धोकाधढीको राजनीति यसपटकबाट अन्त्य भएको प्रमाणित गर्नुपर्ने चुनौती नेताहरुमा रहेको बताए ।

महामन्त्री थापाले भने, 'अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर भएको ७ बुंदे सहमति कार्यान्वयन हुनेमा संशय रहेको छ।

उहाँहरु एकअर्काबीच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरुको मनमा संशय छ। तर यो उहाँहरुले प्रमाणित गर्नुपर्छ। कांग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौँ। नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077