काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।
आइतबार बसेको बढुवा समितिले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका सई बद्रि नारायण माझीलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार उनलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनी नेपाल प्रहरी अस्पताल रेडियोलो टेक्नोलोजी शाखा महाराजगंज काठमाडौंमा कार्यरत छन् ।