काठमाडौँ । नेपाल प्रहरीका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस गरिएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह अन्तर्गत कम्प्युटर तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा समितिले एक नम्बरमा संजिव श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको छ ।
सिफारिस हुनेहरुमा गौतम राज गुरुङ, पदमबहादुर पुन, श्यामसुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाईं छन् ।