Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इन्स्पेक्टर विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौँ । प्रहरी निरीक्षक डम्बर विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

उनलाई उत्कृष्ट काम गरेबापत जिल्ला प्रहरी कार्यालय झापाले असार महिनाको 'पुलिस अफ द मन्थ' घोषणा गरेको हो । उनी इलाका प्रहरी कार्यालय दमकमा कार्यरत छन् ।

प्रहरी निरीक्षक विश्वकर्माले २२ असारमा कमल गाउँपालिका-६ मा रूपेशकुमार सदाले मादक पदार्थ सेवन गरी खुकुरीले सुमित्रा ऋषिदेवलाई प्रहार गरी घाइते बनाएर फरार रहेका सदालाई सप्तरीबाट पक्राउ गर्न सफल भएका थिए।

यस्तै, १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको, २६ ग्राम लागुऔषध ब्राउन सुगरसहित कारोबारी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले उत्कृष्ट प्रहरी घोषित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077