Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका सईसहित २९ जना कहाँ हराए ? हेडक्वाटरले जारी गर्‍यो यस्तो सूचना

काठमाडौँ । नेपाल प्रहरीका २९ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी नायव निरीक्षक (सई) देखि प्रहरी कार्यालय सहयोगीससम्म २९ जना सम्पर्कविहीन भएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले सूचना प्रकाशित गरिएको कार्यालयको भनाइ छ ।

७ दिनसम्म हाजिर नभएको खण्डमा प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही हुने सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077