Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेचनको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश ढुङ्गानाको इजलासमा

काठमाडौं । प्रकरणमा पक्राउ परेका बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको छ ।

अनुसन्धानका लागि थुनामा रहेका झाको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतका न्यायाधीश ढुङ्गानाको एकल इजलासको दोस्रो नम्बरमा परेको हो ।

जिल्ला अदालत काठमाडौंले सङ्गठित अपराधमा अनुसन्धानका लागि पटक–पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

उक्त निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानकै क्रममा झाको बयान सकिएको छ। प्रहरीले उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको छ।

भुटानी शरणार्थी प्रकरणमा यसअघि एउटा मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भएको छ।

उक्त मुद्दामा पूर्वमन्त्रीहरु बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे लगायतलाई विपक्षी बनाइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077