Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिरगञ्जबाट धनगढी आएको ट्रकमा भेटियो शव, सामान अनलोड गर्दा घटना बाहिरियो

कैलाली । कैलालीको धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ ।

आइतवार बिरगञ्जबाट धनगढी आएको सुदूरपश्चिम प्रदेश ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको हो ।

सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ।

उनीहरु विरगञ्जबाट फलामको रड र प्लाष्टिकको बोरा ट्रकमा ल्याएर धनगढी आएका थिए । उनीहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र शव देखेको बयान प्रहरीलाई दिएका छन् ।

पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

साथै शवको हालसम्म सनाखत हुन नसकेको हुँदा पहिचान भएमा सम्बन्धित व्यक्तीले यस कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077