Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दैलेख, सिन्धुपाल्चोक र डोटीमा भारी वर्षा मापन, सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति भारी वर्षा मापन गरिएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै दैलेखमा ८५ दशमलव ४ मिलिमिटर पानी परेको हो ।

यस्तै सिन्धुपाल्चोकको गोब्रेमा ७३ मिलिमिटर, डोटीको दीपायलमा ६७ दशमलव ६ मिलिमिटर र सिन्धुपाल्चोकको बाँसखर्कमा ६४ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

भक्तपुरको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077