Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एआईजीको सरुवा तयारी, मेट्रो र सिआइबीमा जान प्रतिस्पर्धा

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को गृहकार्य अघि बढाएको छ । बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै केही एआईजीहरुको सरुवा हुन लागेको हो ।

सरुवामा काठमाडौं उपत्यका प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा जान एआईजीहरुबीच तीव्र प्रतिस्पर्धा छ ।

उपत्यका कार्यालयका प्रमुख एआईजी दीपक थापाको एक वर्ष अवधि पुगेकाले सरुवा हुन लागेको हो । त्यहाँ सरुवाका लागि भिमप्रसाद ढकाल, टेकप्रसाद राई, टेकप्रसाद तामाङ तथा किरण बज्राचार्यबीच प्रतिस्पर्धा छ ।

ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीका निकट भएकाले उनको सम्भावना रहेको बताइन्छ । टेकप्रसाद तामाङले अहिलेसम्म राम्रो पोष्टिङ नपाएकाले उनले पनि दाबी गरेका छन् ।

टेकप्रसाद राईले पनि उपत्यका हाँक्ने इच्छा देखाएका छन् । यद्यपि उनले प्रहरी एकेडेमी र प्रशासनको नेतृत्व सम्हालिसकेका छन् ।

त्यस्तै, सिआइबीबाट कारबाही गरी हटाइएकी किरण बज्राचार्य पनि ओलीका पिए राजेश बज्राचार्यमार्फत सरुवा हुने योजनामा छिन् । तर, सुन तस्करीको अनुसन्धानमा चलखेल गरेको भन्दै जाँचबुझ आयोगले नै कारबाही सिफारिस गरेकाले उनलाई राम्रो पोष्टिङ दिन समस्या हुने अवस्था छ ।

सिआइबीमा रहँदा उनका अनेक बदमासी बाहिर आएका थिए । उता सिआइबीका एआईजी श्यामलाल ज्ञवालीलाई पनि चार महिनामै हटाउन लागिएको छ । पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहयोग गरेको आरोप उनीमाथि छ ।

सिआइबीमा दीपक थापा, सुदीप गिरीको चर्चा छ । हालै बढुवा सिफारिस भएका रामदत्त जोशी पनि सुदूरपश्चिमको नाता लगाएर राम्रो ठाउँमा पोष्टिङ मिलाउने दाउमा छन् । उपत्यका प्रहरी कार्यालय जान नपाए एआईजी टेकप्रसाद तामाङले सिआइबीको माग गरेका छन् ।

गत ७ साउनमा जोशीको एआईजीमा बढुवा सिफारिस भएको थियो । उजुरीको समय सकिएकाले अब आउने बिहीबारको मन्त्रिपरिषद्को बैठकले बढुवा, पदस्थापन र सरुवाको निर्णय गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077