Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

धारिलो हतियार प्रहारबाट पश्चिम नवलपरासीमा एक जनाको हत्या

नवलपरासी । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या भएको छ ।

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ हर्दीमा धारिलो हतियार प्रहारबाट स्थानीय २० वर्षका सूर्यकुमार बढईको हत्या भएको हो ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सूर्यकुमारको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न व्यक्ति अझै पत्ता नलागेको र खोजी कार्य भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077