Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री थापाले भने - वर्तमान सरकारको परीक्षण गिरीबन्धु प्रकरणबाट हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको परीक्षण भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणबाटै हुने बताएका छन् ।

दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि नभएकाले गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छानबिन हुने बताए ।

महामन्त्री थापाले भने,‘हामीहरुकोमा कोही सत्तामा भएको कारणले शक्तिशाली भएको हुन्छ, कोही पार्टीको नेता भएको कारणले, कोही भीडको कारणले शक्तिशाली हुन्छन् । हामीले अहिले उठाउनुपर्ने भुटानी शरणार्थी र गिरीबन्धुको कुरा मात्रै होइन । हामी संसद्मा छौं, ढुक्क रहनुस् ।’

कांग्रेस महामन्त्री थापाले कांग्रेस, एमाले, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री जोसुकैसँग जोडिएको प्रकरण भए पनि कानून अनुसार छानबिन हुनुपर्ने बताए ।

अब कोही पनि मान्छे सरकारमा भएको र भीडको कारणले कुनै पनि खालको उन्मुक्ति नपाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077