Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ठूला दल मिलेर संविधानको समावेशी सिद्धान्त मासे : सांसद सिंह

काठमाडौं। सांसद अमरेशकुमार सिंहले संसदका दुई ठूला दलको सरकार बनेपनि साना दलहरूलाई हेप्न नहुने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन्।

संसद्का दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्त मासेको सांसद सिंहले बताए।

सांसद सिंहले राजदूत नियुक्तिदेखि मन्त्री चयनसम्म समावेशी सिद्धान्त अस्वीकार गरेको बताए ।

समावेशी सिद्धान्त संविधानमा रहेको तर त्यसलाई सरकारमा रहेका दलहरूले अस्वीकार गरेको सांसद सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077