Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ६ वरिष्ठ हवल्दार असईमा बढुवा तथा पदस्थापन [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना वरिष्ठ हवल्दारलाई सहायक निरीक्षक (असई) मा बढुवा गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको सोमबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत कम्प्युटर तर्फका उनीहरुलाई असईमा बढुवा गरिएको हो ।

एक नम्बरमा संजिव श्रेष्ठलाई बढुवा भएका छन् । उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई हेडक्वाटरले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077