Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कृषि समितिकी सभापति थापाले लिइन् शपथ

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

संसद् सचिवालयमा आयोजित समारोहमा सभामुख देवराज घिमिरेले सभापति थापालाई शपथ ग्रहण गराएका हुन् ।

यो समितिको सभापतिमा एकल उम्मेदवारी मात्र परेपछि थापा निर्विरोध निर्वाचित भएकी थिइन् ।

यसअघि समितिको सभापति रहेकी आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077