Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन्न

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन नदिने बताएका छन् ।

प्रतिनिधिसभाको बधुबार बसेको सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले भने,‘कर्मचारी सरुवा हुन्छ, सरुवालाई सुरुवाकै रुपमा बुझ्दा सहज हुन्छ। कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन।’

उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077