Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

टीआरसी विधेयक पारित गरेपछि मात्रै चालु अधिवेशन अन्त्य हुन्छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले टीआरसी विधेयक पारित गरेपछि मात्रै चालु अधिवेशन अन्त्य हुने बताएका छन्।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठकपछि बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन्।

उनले विवादमा रहेका विषयलाई जित हारको विषय नबनाइ शान्ति प्रक्रिया टुंगो लगाउने गरी सहमति भएको बताए।

सचेतक बर्तौलाले पीडितलाई केन्द्रमा राखेर,सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको बताए।

उनले संक्रमणकालीन न्यायका मुद्दाका सबै पीडितले न्याय पाउने र पीडकलाई कानूनको दायरामा ल्याउने बताए। उनले नियतपूर्वक वा स्वेछाचारीरुपमा गरिएको हत्यालाई हत्याकै रुपमा परिभाषित गरिएको बताए।

सचेतक बर्तौलाले टीआरसीसँग सम्बन्धित बिलका बारेमा अहसमतिका विषयहरुलाई कार्यदलको बैठकले सहमतिमा पुर्‍याएको र बैठकबाट सत प्रतिशत सहमति भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077