Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुशासन समितिमा गृहमन्त्री लेखकको प्रश्न - फाइल खोल्ने भन्या के हो, कानून बेगर मुद्दा चल्छ ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कसैका चाहनाले कसैविरुद्ध मुद्दा नचल्ने बताएका छन् ।

सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले लोकतन्त्रका आधारभूत तत्त्वमध्ये विधिको शासन एउटा तत्त्व भएको बताए।

विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरूले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने बताए ।

गृहमन्त्री लेखकले भने,‘फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि! लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानूनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ। कुनै मुद्दा चलेको छ भने छुट्नु पनि कानून बमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो।’

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाई छ।

त्यसैगरी डिआइजी मनोज केसीलाई सरूवा गरिएको विषयलाई बचाउ गर्दै प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको बताए ।

गृहमन्त्री लेखकले डिआइजी केसी योग्य भएकै कारणले प्रहरीलाई तालिम दिने ठाउँमा पठाइएको बताए। उनले प्रहरी कर्मचारी सरूवा गर्ने निरन्तर चलिरहने प्रक्रिया रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077